TodayPati

नेपालमा कलाकारले प्लेटफर्म पाएनन् : नायिका मनिषा कोइराला

टुडेपाटी-
जनकपुरधाम, फागुन २२ गते ।

बलिउडकी चर्चित नायिका मनिषा कोइरालाले नेपालमा कलाकारहरुले प्लेटफर्म नपाएको बताएकी छन् । शनिबार जनकपुरमा आयोजित जनकपुर महोत्सवमा बोल्दै उनले नेपालमा कलाकारको कमी नभएपनि उनीहरुले ठाउँ नपाएको बताएकी हुन् ।

‘मैले सानो सर्ट फिल्म स्टोरी फेस्टिवलको २÷३ वर्ष अघि जर्ज गर्ने मौकाए पाएकी थिएँ । त्यसमा यस्तो राम्रो राम्रो सिनेमाहरु हेरे, त्यतिबेला मलाई त लाग्यो । यहाँ त ट्यालेन्टको कमी रहेनछ । खाली उनीहरुले ठूलो प्लेटफार्म पाएको हुँदैन । ठूलो बजेट हुँदैन । जवसम्म नाम आउँदैन । तबसम्म पैसा कमाउन गाह्रो हुन्छ । सिनेमा बनाउने जुन प्रक्रिया हुन्छ त्यो लामो र कठिन हुन्छन् ।’ उनले भनिन् ‘ कलाकारको कमी नभएको कारण त्यसलाई ओटीटी प्लेटफर्मले ठाउँ दिँदा राम्रो हुन्छ नेपालमा ।’

Sponsored

अर्को प्रसंगमा उनले कला, साहित्य, खेललाई सपोर्ट नगर्ने समाज खाल्लो हुने गरेको बताइन् । विकसित देशहरुले कला, साहित्य, खेललाई निकै सहयोग एवं महत्व दिने गरेको बताउँदै अभिनेत्री कोइरालाले यी विधाहरुलाई राष्ट्रले महत्व दिनुपर्नेमा जोड दिइन् ।

उनले आफन्तको पहुँचले मात्रै फिल्म लगायत कुनैपनि क्षेत्रमा स्थापित हुन नसकिने बताउँदै त्यसको लागि योग्यता, क्षमता एवं अत्यन्तै मिहिनेत गर्नुपर्ने अनुभति व्यक्त गरिन् ।

‘फिल्म क्षेत्रमा मात्र होइन कुनैपनि क्षेत्रमा स्थापित हुन अत्यन्तै योग्यता क्षमतावाण, आत्मविश्वा र कडा परिश्रमको आवश्यक्ता पर्छ’ अभिनेत्री कोइरालाले भनिन् ‘फिल्मा नै कतिपय नायक नायिकाकी छोराछोरी छन् । उनीहरुले निकै मिहिनेत गरेर ठाउँ पाएका हुन्छन् । नत्र दुईतीनवटा फिल्ममा राम्रो अभिनय गर्न सकेनन् भने फ्लोप हुन्छ । त्यसपछि अघि बढ्नै सक्दैनन्’

Sponsored

अभिनेत्री कोइरालाले आफु थिएटरको सौखिन रहेको समेत बताएकी छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *