TodayPati

श्रीमतीकी ब्वाइफ्रेन्डको यौनांग काटिदिने व्यक्तिलाई २० वर्ष जेल र २ लाख ५१ हजार डलर जरिवाना

टुडेपाटी-
जनकपुरधाम, फागुन २२ गते ।

अमेरिकाको फ्लोरिडामा एक व्यक्तिको यौनांग काटिदिने व्यक्ति एलेक्स बोनिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ ।

आफ्नो श्रीमतीको प्रेमी रहेको थाहा पाएपछि ५१ वर्षका एलेक्सले ती व्यक्तिलाई सन् २०१९ को जुलाई ४ मा अपहरण गरेका थिए ।

Sponsored

सो क्रममा एलेक्से उनलाई कुटपिट मात्र गरेनन्, उनको यौनांग पनि काटिदिएको डेलिमेलले जनाएको छ ।

फ्लोरिडाको गिलक्रेस्ट काउन्टीको अदालतले गत महिना मात्र एलेक्सलाई यस मुद्दामा पूर्ण रुपमा दोषी पाएपछि २० वर्षको जेल सजाय साथै २ लाख ५१ हजार अमेरिकी डलर जरिवाना गरेको हो ।

एलेक्सलाई सन् २०१९ को जुलाईमै प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

Sponsored

एलेक्सले आफ्नी श्रीमती र ती पुरुषबीच यौन सम्बन्ध रहेको थाहा पाएपछि आफू आक्रमक बनेको स्वीकार गरेका हुन् ।

उनले ती व्यक्तिसँगै श्रीमतीलाई पनि बाँधेर कुटपिट गरेका थिए । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *