३ लाख ४८ हजार डोज कोभ्याक्स खोप भोलि नेपाल आउने
टुडेपाटी-
जनकपुरधाम, फागुन २२ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आइतबार नेपाल आइपुग्ने जनाएको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार कोभ्याक्समार्फत आइतबार उक्त परिमाणको खोप काठमाडौं आइपुग्ने छ ।
युनिसेफ र विस्व स्वास्थ्य संगठन नेपालको सहयोगमा स्वास्थ्य तथा जनसॅख्या मन्त्रालयले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप आउन लागेको बताए ।
‘चीनले दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप पनि चाँडै आउँछ, यसका लागि परराष्ट्रसँग कुरा भइरहेको छ’ सचिव अर्यालले भने ।
चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने उनले बताए ।
Sponsored