TodayPati

गाउँपालिकाको केन्द्र सार्ने विषयमा सर्लाहीमा तनाव, चार प्रहरीसहित एकजर्दन बढी स्थानीय घाइते

टुडेपाटी-
सर्लाही, फागुन १ गते ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने विषयमा तनाव उत्पन्न भएको छ ।
गाउँपालिकाको वडा नं. ६ र ७ मा पर्ने नाढीमन ताल परिसरमा रहेको गाउँपालिका कार्यालय वडा नं. २ बबरगञ्जमा सार्न खोजेपछि तनाब हुँदा प्रहरीले १३ सेल अश्रुग्यास प्रहारगरेको हो ।


शुक्रबार दिउँसो झण्डै एकहजारको संख्यामा आएका स्थानीयवासीले कार्यालयमा तोडफोड प्रयास अस्था नियन्त्रणमा लिन १३ सेल अश्रुग्यास प्रहार गरेको पर्लाहीका प्रहरी निरीक्षक सन्तोष सिंह राठोरले बताए ।
त्यस क्रममा एक दर्जन बढी स्थानीय र चार जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

अवस्था नियन्त्रणमा लिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले भोलि बस्ने गाउँपालिकाको विशेष गाउँ सभाले गाउँपालिकाको केन्द्र सार्ने निर्णय गर्ने थाहा पाएपछि विरोध सुरु भएको हो ।

चन्द्रनगरबाट बबरगञ्जमा गाउँपालिका सार्ने पक्षमा नै बहुमत रहेको दाबी गर्दे अध्यक्ष महतोले बहुमत सदस्यले निर्णय गरेमा गाउँपालिकाको केन्द्र सार्न आफूले सिफारिस गर्ने बताएका छन् ।
कार्यालय सार्ने निर्णयका लागि शनिबार बबरगञ्जस्थित दुर्गा खोभारी जनता माध्यमिक विद्यालयमा विशेष गाउँसभा आयोजना गरिएको उनले बताए ।

सो तयारीको विषयमा थाहा पाएपछि चन्द्रनगरको वडा नं. ६ र ७ का स्थानीय बासिन्दासँगै नेपाली कांग्रेस र नेकपाका नेता कार्यकर्ताले नाढीमनमै गाउँपालिका केन्द्र रहनुपर्ने भन्दै शुक्रबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर नाराबाजी गरेका छन् ।

Sponsored

गाउँपालिकाको कार्यालय नाढीतालमै सुनिश्चितता नभएसम्म आफूहरु निरन्तर आन्दोलन गरिरहने वडा नं. ७ का स्थानीय दीपेन्द्र कुमार चौधरीले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *