TodayPati

सप्तरीमा दर्जनौँ व्यक्तिको करोडौँ रकम लिएर फरार भएका दाजुभाइविरुद्ध १६ जनाले दिए उजुरी

टुडेपाटी-
सप्तरी, फागुन २१ गते ।

सप्तरीको राजविराजमा कपडा पसलसँगै आइएमई सञ्चालन गरी बसेका दुई दाजुभाइले दर्जनौँ व्यक्तिको करोडौँ रकम लिएर फरार भएपछि १६ जनाले प्रहरीमा उजुरी दिएका छन् ।

राजविराजको गजेन्द्र चोकमा आइएमई सञ्चालक दाजुभाइ सञ्जय सिन्धी र सुनील सिन्धी पसल र अफिस दुवै बन्द गरेर चार दिनदेखि फरार भएपछि बिहीबार जिल्ला प्रहरी कार्यालय राजविराजमा १६ जना पीडितले उजुरी दिएका हुन् ।

Sponsored

उजुरी आउने क्रम अझै जारी रहेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले १६ जनाले सिन्धी दाजुभाइविरुद्ध झन्डै ७६ लाख रुपैयाँ लिएर भागेको भन्दै ठाडो उजुरी दिएको जानकारी दिए ।

उक्त उजुरीउपर छानबिन तथा फरार रहेका सिन्धी दाजुभाइको खोजीकार्य जारी रहेको बताउँदै उनले सबै पीडितको संख्या यकिन गरिसकेपछि अनुसन्धानलाई अझ फराकिलो र तीव्र बनाउँदै लगिने बताए ।

सम्बन्धित समाचार

Sponsored

प्रदेश २ : विदेशबाट युवाहरुले पठाएको करोडौँ रुपैँया लिएर आइएमई संचालक दाजुभाई फरार

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *