TodayPati

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव, ओली र विप्लवबीच छलफल हुने

टुडेपाटी-
काठमाडौं, फागुन २१ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बालुवाटार पुगेका छन् ।

नवलपरासीबाट काठमाडौं आएका विप्लव सोझै बालुवाटार पुगको स्रोतले बताएको छ । विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

Sponsored

प्रधानमन्त्री ओली र विप्लवबीच भावी राजनीतिक रणनीतिबारे छलफल हुने स्रोत बताउँछ । सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीन बुँदे सहमतिमार्फत शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो ।

उक्त सहमतिबारे विस्तृत विवरण आज दिउँसो सार्वजनिक गर्ने तयारी छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *