TodayPati

प्रदेश २ की मुस्कान खातुनले पाइन् अमेरिकी विदेश मन्त्रालयको अवार्ड, विश्वमै बनाइन् यस्तो रेकर्ड

टुडेपाटी-

जनकपुरधाम, फागुन २१ गते ।

एसिड आक्रमणमा परेकी वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयबाट अवार्ड जितेकी छन्।

Sponsored

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार १५ वर्षीया खातुनलाई विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड दिनेछ ।

यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन्।

यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति रहेको बताइएको छ ।

Sponsored

खातुनलाई गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो।

एसिड आक्रमण अन्त्यका लागि उनले गरेका कामका लागि उनलाई यो अवार्ड दिइएको राजदूतावासले जनाएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *