TodayPati

ओलीद्वारा सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास, मुख्यमन्त्री राउतलाई पानी नरोक्न आग्रह

टुडेपाटी-
जनकपुरधाम, फागुन २० गते ।

प्रधानमन्त्री केपी ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेका छन् ।

बिहीबार सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

Sponsored

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले मञ्चमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भने, ‘म मुख्यमन्त्रीमार्फत तराई मधेसमा खबर पठाउन चाहन्छु, मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ, तर पानी पस्न नरोक्नु होला ।’

विगतमा केपी ओली मधेस विरोधी भनेर मधेसमा पस्न नदिने भन्दै उनले केपी ओली नपेसपनि पानी पठाउन लागेको जानकारी दिए ।

Sponsored

राष्ट्रिय गौरवको आयोजना रूपमा निर्माण गर्न लागिएको यस परियोजना सिँचाईमा केन्द्रित भए पनि डाइभर्सन गरेर मरिनमा खसालिएको पानीबाट २९ मेगावाट बिजुली पनि उत्पादन गरिने छ ।

२ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिँदै आएको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले आर्थिक वर्ष ०७७र७८ को बजेटमा दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बागमती प्रदेशको जलस्रोतलाई प्रदेश २ मा पुर्‍याएर कृषि उत्पादन बढाउने उद्देश्य लिइएको आयोजनाको कूल लागत ४६ अर्ब लाग्नेछ ।

आयोजनामा तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी मरिनमा खसालिने छ । यसका लागि १३ किलोमिटरको सुरुङ बनाउनुपर्ने हुन्छ ।

मरिनमा खसालिएको पानी ४० किलोमिटर तल वाग्मती सिँचाई आयोजनाको नहरमार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्‍याइने योजना सरकारले लिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *