जनकपुरमा पनि घरेलु मदिरा सेवनबाट ३ को मृत्युु, ५ सिकिस्त, मृत्युको संख्या १५ पुग्यो
शैलेन्द्र क्रान्ति –
जनकपुरधाम, चैत १ गते ।
धनुषाको एक बस्तीमा घरेलु मदिरा सेवनबाट १२ जनाको ज्यान गएको भोलि पल्ट धनुषाको अर्को बस्तीमा घरेलु मदिरा सेवनबाट ३ जनाको मृत्यु भएको छ ।
अन्य ५ भन्दा बढी बिरामी भएका छन् ।
विषाक्त मदिरा सेवनबाट जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २ पुरुषसहित तीनजनाको घरेलु विषाक्त मदिरा सेवनबाट शनिबार बिहान मृत्युको भएको हो । मृत्युु हुनेमा मुसहर बस्तीकि बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेको बस्तीकै बिक्की सदाले जानकारी दिए ।
उनका अनुसार होलीको अवसरमा रक्सी खाएका बनारसीदेवीको शुक्रबार साँझ र मिथिला सदा र झगरु सदाको शनिबार बिहान मृत्यु भएको हो । मदिरा सेवन गरेकाहरु धमाधम सिकिस्त हुन थालेका छन् । पाँच भन्दा बढी बिरामी भएका छन् । प्रहरी घटनास्थल पुगिसकेको छैन ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैयामा अवैध घरेलु मदिरा सेवनबाट१५ दिन यता १२ जनाको मृत्यु भइसकेको छ भने अन्य ५ सिकिस्त छन् । यससंगै धनुषामा घरेलु मदिरा सेवनबाट मर्नेको संख्या १५ पुगेको छ ।
Sponsored
पत्रकार महोदय
प्रहरी को नाटक मात्रै हो रक्सी भटी बन्द गराउने
पैसा लिएअर फेरि चलाउन दिन्छ ! जनक नन्दनी
गाउँपालिका यस्तो थुपरै रक्सि भटी चल्दै आईरहेको छ ! 20 बर्ष देखि म हेर्दै छु ! प्रहरी इन्स्पेकटर चेन्छ हुने बितिकै आएर रक्सी भटी तोडफोड गर्छ र केही दिन बन्द हुन्छ फेरि पैसा दिन्छ ! फेरि सुरु हुन्छ रक्सी भटी