TodayPati

सुरुवाती नतिजामा ८१ प्रतिशत प्रभावकारी देखियो कोरोनाविरुद्धको ‘कोभ्याक्सिन’ खोप

टुडेपाटी-
जनकपुरधाम, फागुन २० गते ।

भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ ।

औषधि निर्माता कम्पनी भारत बायोटेकले आफ्नो कोरोनाविरुद्धको खोप कोभ्याक्सिन अन्तिम चरणको परीक्षणको सुरुवाती परीक्षणमा ८१ प्रतिशत प्रभावकारी देखिएको बताएको हो ।

Sponsored

गत जनवरीमा तेस्रो चरणको परीक्षण बिनै यो खोपले स्वीकृति पाएपछि भारतमै विरोध भएको थियो। मानिसहरुले यो खोप लगाउन मानेका थिएनन् ।

बायोटेकका अनुसार २५ हजार आठ सयमा खोप परीक्षण गरिँदा हालसम्म ४३ जनामा गरिएको परीक्षणको नतिजा आएको हो । एससीएमपी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *