TodayPati

प्रचण्ड-माधव समूहले गर्‍यो ओली समूहका ७ नेतालाई कारबाही

टुडेपाटी-
काठमाडौं, फागुन १९ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेतालाई कारबाही गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेतालाई कारबाही गरेको हो ।

Sponsored

बैठकले स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निष्कासन गर्नुका साथै संसदीय दलको उपनेताबाट राजीनामा दिन पनि निर्देशन दिएको छ । यस्तै, देव गुरुङलाई हटाएर प्रधानमन्त्री ओलीले प्रमुख सचेतकमा ल्याएका विशाल भट्टराईलाई पनि बैठकले कारबाही गरेको छ । 

यस्तै, बैठकले सचेतक शान्ता चौधरीलाई समेत कारबाही गरेको छ । यस्तै, सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, पूर्व उद्योग मन्त्रीद्वय महेश बस्नेत र कर्णबहादुर थापालाई केन्द्रीय सदस्यबाट हटाएको हो । 

उनीहरुले पार्टीहित विपरित गतिविधि गरेकाे बैठककाे निष्कर्ष छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *