मदिरा सेवनबाट मृत्युु हुनेको संख्या १२ पुग्यो, ५ को उपचार चल्दै
शैलेन्द्र क्रान्ति –
जनकपुरधाम, चैत १ गते ।
घरेलु मदिरा सेवनबाट बिरामी भएका थप तीनजनाको मृत्युु भएको छ । यसैसंगै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा २ सता यता मदिरा सेवनबाट मृत्युु हुनेको संख्या १२ पुगेको छ ।
शुक्रबार उपचारको क्रममा बस्तीकै ईन्द्रजीत महरा, सत्रुधन मण्डल, माउसराम यादवको मृत्युु भएको हो । ईन्द्रजीतको उपचारको क्रममै धरानमा, सत्रुधनको जानकी मेडिकल शिक्षण अस्पतालमा, माउसराम यादवको घरमै मृत्युु भएको स्थानीय उमेश यादवले जानकारी दिए ।
होली पर्वको अवसरमा मदिरा सेवन गरेका स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विलास मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र ससुराली बस्द अाएका धनुषाकै रूपैठाका राजु महरा सहित ५ को बुधबार र बिहीबार मृत्यु भएको थियो ।
दुईसाता अघि रमदैया गाउँकै बस्तीमा मदिरा सेवनबाट निरश यादव, भुटन सदा, दशै महरा रविजय सदाको मृत्युु भएको थियो ।
प्रहरीले भने बुधबारदेखि यता ७ जनाको मृत्यु मात्र भएको पुष्टि गरेको छ । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले अहिलेसम्म ७ जनाको मृत्युु मात्र भएको दावी गरे ।
जबकि बुधबार यता ८ जनाको मृत्युु भइसकेको स्थानीयको दावी छ ।
मदिरा सेबनबाट ५ जना सिकिस्त भइ उपचारको क्रममा अस्पताल भर्ना छन् । बस्तीकै रामइशर महरा, प्रदीप सदा, भरत सदा र भरत मण्डलको जानकी मेडिकल शिक्षण अस्पताल र सीतारम यादवको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ । रामइशर र सीतारामको अवस्था गम्भीर रहेकोे जनाइएको छ ।
Sponsored