TodayPati

पर्साका टेम्पो र ई-रिक्सा चालकसँग लाइसेन्स बनाउन २५ हजार रुपैयाँसम्म घुस माग्दै दलाल

टुडेपाटी-
पर्सा, फागुन १९ गते ।

पर्सामा अत्याधिक यात्रीको चाप बढेसँगै सवारीसाधनको चाप पनि निकै बढ्न
थालेको छ ।

सवारी साधनमध्ये सबैभन्दा बढी विद्युतीय ईरिक्सा र अटो रिक्साहरू रहेका छन् ।

Sponsored

वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ ।

जिल्लाको प्रमुख बजार वीरगञ्ज, पोखरियालगायत शहरहरूमा चल्ने विद्युतीय रिक्सा र अटोरिक्साका चालकसँग सवारीसाधन अनुमतिपत्र हुने गरेको छैन ।

बजार आउने सर्वसाधारणका लागि पहिलो रोजाइ बनेका यस्ता सवारीसाधनको चालकसँग भने सवारीचालक अनुमतिपत्र नभएका कारण जोखिम बढ्दै गएको हो ।

Sponsored

जहाँ भन्यो त्यहीँ पुर्‍याउने, खोजेको बेला पाउने र ठेलमठेल यात्रा गर्नु नपरेकाले विद्युतीय रिक्सा र अटोरिक्सा सर्वसाधारणको पहिलो रोजाइमा परे पनि सहजै सवारी चालक अनुमतिपत्र लिन नसकिने भएकाले चालकहरू जोखिम मोलेरै यस्ता सवारीसाधन चलाउन बाध्य भएको बजारमा सहजै देख्नसकिन्छ ।

टेम्पो र विद्युतीय रिक्सालाई एउटै दर्जामा राखेर यातायात व्यवस्था कार्यालय वीरगञ्जले पटक–पटक फारम खुलाएर सी–क्याटगोरीको चालक अनुमतिपत्र वितरण गर्ने गरेको सो कार्यालयका अधिकृत रामअयोध्या रामले जानकारी दिएका छन् ।

पर्सामा गुड्ने अधिकांश इरिक्सा र ट्याम्पु चालकसँग भने सवारी चालक अनुमतिपत्र छैन । वीरगञ्ज पोखरीया रोडमा चल्ने टेम्पो चालक दिल प्रसादले आफूसँग सवारीचालक अनुमतिपत्र नभएको बताए । सो रुटमा करिब २०० ट्याम्पु चालकमध्ये मुस्किलले १०–१५ जनासँग मात्र सवारीचालक अनुमतिपत्र भएको अर्का ट्याम्पु चालक शंकर गोसाईंको भनाइ छ ।

सवारी चालक अनुमतिपत्रका लागि पटक–पटक धाउँदा समेत सहजै पाउन मुस्किल रहेको र कार्यालय वरिपरि रहेको दलालहरूले २५ हजार रुपैयाँसम्म माग्ने गरेका कारण आफूले विना अनुमतिपत्र टेम्पो चलाउँदै आएका अधिकांश चालकहरूले गुनासो गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *