नेकपा प्रचण्ड–नेपाल समूहले फागुन १९ गते केन्द्रीय कमिटी बैठक बोलाउने
टुडेपाटी-
काठमाडौं, फागुन १७ गते ।
नेकपा प्रचण्ड–नेपाल समूहले फागुन १९ गते केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ ।
सोमबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले फागुन १९ गते केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो ।
बैठकले स्थायी कमिटी समेत बोलाउने निर्णय गरेपनि कहिले बोलाउने भन्ने मिति तय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले पार्टीको आधिकारिकताका लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको प्रवक्ता श्रेष्ठले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै आफूहरुलाई मान्य नहुने प्रवक्ता श्रेष्ठले बताए ।
Sponsored