TodayPati

विप्लव समूहका महोतरी–सर्लाही इन्चार्ज समातिए

टुडेपाटी-
जनकपुरधाम, फागुन १७ गते ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका महोतरी–सर्लाही इन्चार्ज कमल बहादुर शुसलिङ्गलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीमा चन्दा आतंक मचाएपछि प्रहरीले खोजि सुचिमा राखेका शुसलिङ्गलाई आइतबार साझ पक्राउ गरीएको हो ।

Sponsored

इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोलीले महोतरी, गौशाला नगरपालिका–११ तारेचौरीमा लुकेर बसेको अवस्थामा शुसलिङ्गलाई पक्राउ गरीएको प्रहरी श्रोतले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *