एउटै बस्तीका ६ जनाको मृत्युुपछि मदिरा बेच्ने २ पक्राउ
टुडेपाटी
जनकपुरधाम, फागुन ३० गते ।
घरेलु मदिरा सेवनबाट ६ जनाको मृत्युु भएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया गाउँ मदिरा उत्पादन तथा बिक्रीवितरण गर्ने अारोपमा एक महिला र एक पुरुष छन् । दुवैजनालाई प्रहरीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो ।
‘मदिरा बेेच्ने गरेको अारोपमा दुवैजनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले टुडेपाटीलाई जानकारी दिए ।
प्रहरीले दुवैजनाको नाम खुलाएको छैन । स्थानीयका अनुसार गाउँमै मदिरा उत्पादन गर्ने रामानन्द साह र तारापट्टी बाली भन्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
होलीको अवसरमा अत्यधिक घरेलुु मदिरा सेवन गर्दा रमदैयाका ६ जनाको ज्यान गएको छ भने ३ जना सिकिस्त भएका छन् । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा, राजु महरा र विजय सदा छन् ।