नेकपा ओली समूहको संसदीय दल प्रमुख सचेतकमा भट्टराई, देव गुरुङलाई हटाए
टुडेपाटी-
काठमाडौं, फागुन १४ गते ।
नेकपा ओली समूहले नेकपा संसदीय दलको प्रमख सचेतकमा विशाल भट्टराईलाई चयन गरेका छन् ।
शुक्रबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नो समूहको प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त गरेका हुन् ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । ओलीले देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेका हुन् ।
एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।
‘प्रक्रिया अनुसार नै प्रधानमन्त्री अर्थात् हाम्रो संसदीय दलको नेतामा आफुलाई चयन गरेको सांसद भट्टराईले बताए ।
Sponsored