प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषदको बैठक
टुडेपाटी
काठमाडौँ, फागुन १४ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बेलुका ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार आजको बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना छ।
सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक ठहर गर्दै बदर गर्न र १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशनात्मक आदेश दिएको थियो।
Sponsored