TodayPati

भारतमा आज व्यापारीले गरे देशव्यापी चक्काजाम, यस्तो छ कारण

एजेन्सी-

जनकपुरधाम, फागुन १४ गते ।

शुक्रबार व्यापारीहरुले भारत बन्दको घोषणा गरेका छन् । सामान एंव सेवा कर, जीएसटी, पेट्रोल र डिजेलको बढ्दो मूल्य र ई वे बिलको विरोधमा व्यापारीहरुले भारत बन्द गराएका हुन् ।

Sponsored

अखिल भारतीय व्यापारी महासंघले आयोजना गरेको बन्दलाई ४० हजार व्यापारीले समर्थन गरेका छन् भने यसमा देशभरका ८ करोड व्यापारी सहभागी छन् ।

सडक यातायात क्षेत्रकोको सर्वोच्च संस्था अखिल भारतीय ट्रान्सपोर्टर कल्याण संघले यसको समर्थनमा बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म चक्काजामको घोषणा गरेको छ ।

यातायत संघका राष्ट्रिय प्रवक्ता महेन्द्र आर्यले सबै राज्यस्तरीय यातायात संघहरूले भारत सरकारले ल्याएको नयाँ इ वे बिल कानून र पेट्रोलको बढ्दो मूल्यहरूको विरोधमा यातायात सञ्चालन नगर्न गरेको आह्वानलाई स्विकारेको बताउनु भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *