सप्तरीमा प्रेस संगठनको दोस्रो जिल्ला भेला सम्पन्न
शुभ नारायण यादव-
सप्तरी, फागुन १३ गते ।
प्रेस संगठनको दोस्रो जिल्ला भेला सप्तरीमा सम्पन्न भएको छ । बिहीबार प्रेस संगठन नेपाल सप्तरीको आयोजना एक कार्यक्रमबीच सम्पन्न भएको हो ।
संगठनका प्रदेश ईन्चार्ज प्रकाश खतिवडाले प्रेस संगठनको केन्द्रीय परिपत्रमाथि प्रकाश पार्दै आगामी भेलामा पत्रकार संगठनले खेल्नु पर्ने भुमिका बारे धारणा व्यक्त गरे ।
भेलामा नेकपा सप्तरीका नवनियुक्त जिल्ला अध्यक्ष उमेशकुमार यादवले आगामी दिनमा भएको कमी कमजोरीलाई आत्मसाथ गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
उनले आफुबाट हुने गरेको कमि कमजोरीलाई समयमै र प्रत्यक्ष रुपले बताइदिन आग्रह समेत गरे ।
त्यसैगरी जिल्ला सचिव तथा प्रदेश सांसद गोविन्द न्योपानेले नेकपाको विचार धारालाई आत्मसाथ गरेर जानुपर्ने सञ्चारकर्मीलाई आग्रह गरे ।
नेकपााक प्रदेश सदस्य महेश प्रसाद यादवले पत्रकारहरुमाथि हुनेगरेको विभेदलाई गम्भीरताका साथ पार्टीले लिन्नु पर्ने बताए । पार्टीको अग्रमोर्चामा रहेकोले पार्टीले पनि उनीहरुको पेशागत हकहितको लागि पार्टीका नेतृत्व तहले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यसैगरी वरिष्ठ पत्रकार अनिल कुमार अनलले विगतमा पार्टीले पत्रकारहरुलाई अवमुल्यन गरेकोले आगामी दिनमा कदर गर्नु पर्ने सुझाव दिएका थिए ।
Sponsored
यसै गरी प्रेस संगठनका केन्द्रिय कार्यालय सदस्य देवराम यादवले नेपाल पत्रकार महासंघको अगामी आसन्न निर्वाचनमा रणनिति निर्माण गरेर कार्य समितिमा संगठनका बढी भन्दा बढी उपस्थिति बनाउन सबै तहबाट सहयोग पुर्याउन आग्रह गरे । यसैगरी वरिष्ठ पत्रकार सुरेन्द्र प्रसाद गुप्ता, संचारकर्मि सतिस दत लगायत का वक्ताहरुले आआफना धारणाा राखेका थिए ।
जिल्ला भेल्ला संगठनको संयोजक गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन दिनानाथ यादवले गरेको थियो । प्रेस संगठनको आगामी फागुन १६ गते हुने प्रदेश भेलामा सप्तरीबाट २१ जनाको सहभागी रहने संगठनका संयोजक गुप्ताले बताए ।