अस्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई लाग्यो कोरोना भाइरस
एजेन्सी-
अस्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणका क्रममा गृहमन्त्री डटनलाई कोरोना भाइरसको सङ्क्रमण भएको देखिएको हो। उनको ज्वरो आउनुका साथै घाटी दुखेपछि परीक्षणका क्रममा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो।
‘मैले तुरून्त क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेँ र पछि कोभिड–१९ का लागि परीक्षण गरियो’, डटनले एक विज्ञप्तिमा भने, ‘मलाई आज दिउँसो क्वीन्सल्याण्ड स्वास्थ्यले सल्लाह दिएको थियो कि परीक्षण सकारात्मक आएको छ।’
परीक्षणको नतिजा आएपछि गृहमन्त्री डटनलाई अस्पताल भर्ना गरिएको छ। ‘यो क्वीन्सल्याण्ड स्वास्थ्यको नीति हो कि सकारात्मक परीक्षण गर्ने जो कोही पनि अस्पतालमा भर्ना हुनुपर्दछ र मैले उनीहरूको सल्लाहको पालना गरेको छु’ उनले भनेका छन्, ‘मलाई ठीकै छ जस्तो लाग्छ र निर्धारित समयमा अपडेट गर्नेछु।’
Sponsored