TodayPati

जाडो याम सकिनै लाग्दा सुरु भयो वर्षाको मौसम, यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

टुडेपाटी-

जनकपुरधाम, फागुन १३ गते ।

जाडोयाम सकिनै लाग्दा प्रि मनसुन सक्रिय हुने संकेत देखा परेको छ ।

Sponsored

मौसम पुर्वानुमान महाशाखाले आज विहान प्रकाशन गरेको मौसम पुर्वानुमान बुलेटिन अनुसार आजदेखि शनिबारसम्म पहाडी भेगका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मार्चदेखि मौसम प्रि मनसुनमा प्रवेश गर्छ।

मे सम्म जारी रहने प्रि मनसुनमा मेघगर्जन, चट्याङसहित वर्षा हुने गर्छ।

Sponsored

उनका अनुसार अहिले देशभर न्यूनतम तापक्रम पनि निकै बढेको छ। मौसमविद्का अनुसार प्रि मनसुन सकिएपछि मनसुन अर्थात् वर्षा याम सुरु हुन्छ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान :

बिहीबार (आज)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

शुक्रबार
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

शनिबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *