विदेह नगरमा डा.सिके राउतले गरे जनमत पार्टी कार्यलयको उदघाटन
टुडेपाटी-
धनुषा, फागुन १२ गते ।
सिके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको विदेह नगरपालिका तीनकौरिया बजारमा पार्टी कार्यालय स्थापना गरेको छ ।
नगरस्तरीय पार्टी कार्यालयलाई बुधबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उदघाटन गरेका छन् ।
उदघाटन कार्यक्रममा जनमत पार्टीका केन्द्रिय, जिल्ला तथा नगरस्तरीय पार्टी नेताकार्यकर्ताको सहभागिता रहेको जनमत पार्टीका स्थानीय युवा नेता श्याम पाशवानले जानकारी दिए ।