TodayPati

रौतहटको कटहिरियामा संसद पुनरस्थापनाको पक्षमा विजय जूलूस

टुडेपाटी-
रौतहट, फागुन १२ गते ।

संसद पुनर्स्थापना भएको खुसियालीमा रौतहटको कटहरिया नगरपालिकामा नेकपा (प्रचण्ड–माधव) समूहले बिजय जूलूस प्रदर्शन गरेका छन् ।

असंवैधानिक रुपमा प्रधानमान्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले बदर गरी देश र जनताको पक्षमा न्याय गरेको भन्दै नेकपाका नेताकार्यकर्ताले विजय जूलूस प्रदर्शन गरेका हुन् ।

Sponsored

संघीय लोकतांत्रिक गणतन्त्र जिन्दाबाद, सर्वोच्च अदालत हाई हाई, बीर सहिद लालसलाम, यो जित कसको जनताको, जनता एकता जिन्दाबाद लगायतको उनीहरुले नारा लगाएका थिए ।

कटहरिया नगरपालिकाको विवाहमण्डपदेखि बहादुरपुर, स्कुल हुँदै हरदेयल प्रतिक्षालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।


आन्दोलन परिचालन समितिका संयोजक नसरूदिन अंसारीको नेतृत्वमा भएको विजय जूलूसमा कटहरिया नगरपालिकाकी उपमेयर नुरजाहा खातुन लगायतको सहभागिता थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *