TodayPati

सर्वोच्चले तोकिएको समयमै संसद बैठक आह्वान गर्ने ओली समूहको निर्णय

टुडेपाटी-
काठमाडौं, फागुन १२ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले सर्वोच्चको निर्णयलाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले तोकिएको समयमै संसद बैठक आह्वान गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

Sponsored

‘सर्वोच्चको फैसला र त्यसको कार्यान्वयनमा लैजाने बिषयमा छलफल भयो । लोकतन्त्र मान्ने भएकाले सर्वोच्चको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘फैसला सबै अपेक्षित हुँदैन । तर, हाम्रो चिन्ता स्थिर सरकार बलियो राजनीतिक स्थायित्व नै हो ।’

अदालतको निर्णयले देशको राजनीतिक अब कता जान्छ ? भन्ने गम्भीर विषयमा पनि छलफल भएको उनको भनाइ छ ।

पार्टी विभाजनले औपचारिकता नपाएको हुनाले आफ्नै पक्षले बोलाएको बैठक आधिकारिक हुने उनको दाबी छ । ‘देशव्यापी भइरहेका कार्यक्रम चलाइराख्छौँ तर, त्यसको स्वरुप परिवर्तन हुन्छन्’ उनले भने ।

Sponsored

उनले आवश्यक छलफलको लागि केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय भएकोसमेत बताए ।

ओली समूहको स्थायी कमिटी बैठक बिहीबार फेरि बस्नेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *