TodayPati

जनकपुरमा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दीप प्रज्वलन

टुडेपाटी-
जनकपुरधाम, फागुन ११ गते ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको फैसला बदर गरेपछि जनकपुरधाममा खुसीयालीसहित दीप प्रज्वलन गरिएको छ ।

स्थानीय युवाहरुको एक समूहले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको जनक चोकमा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिपावली मनाएका हो ।

Sponsored

सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको स्थानीय युवा रकीप्रसाद साहले प्रतिक्रिया दिए ।

उनीहरुले दिप प्रज्वलन गर्दै धनुषाका विभिन्न नगरमा विजयोत्सव मनाइरहेको नेकपा प्रचण्ड माधव पक्षका धनुषा जिल्ला सचिव दिपक यादवले बताए ।

उनले अदालतको यो फैसला ऐतिहासिक जित भएको भन्दै प्रतिक्रिया दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *