TodayPati

सिरहाका २ वर्षीय बालकको आफ्नै काकाले अपहरण गरेको खुलासा, दुईजना गिरफ्तार

टुडेपाटी-
जनकपुरधाम, फागुन १० गते ।

सिरहाका दुई वर्षीय बालक प्रियान्सु यादवको अपहरणमा उनको आफ्नै काकाको संलग्नता रहेको खुलेको छ ।

अपहरण घटनाको झण्डै २० दिन पश्चात प्रहरीले बालक प्रियान्सुको काका कुलदीप यादव र सिरहा नगरपालिका १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

Sponsored


दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ ।


काका भरोसीकै योजनामा बालकको अपहरण गरी भारत लगेको अनुसन्धानबाट खुलेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले बताए ।

दुबैजनालाई आइतबार जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद थपी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

Sponsored

सिरहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदिप यादवका २ वर्षीय छोरा प्रियांसुको गएको माघ २० गते राति साढे ८ बजे आफ्नै घरको बरण्डाबाट अपहरण भएको थियो ।

खोजतलासको क्रममा दुईदिन पश्चात घरबाट १८ किलोमिटर टाढा भारतको जिल्ला मधुवनी खाजेडी भन्ने गाँउबाट भारतीय प्रहरीको सहयोगमा बालक प्रियान्सुलाई सिरहा प्रहरीले सकुशल उद्धार गरेको थियो ।


सिरहा प्रहरीले सोहि दिन राति आमा संगिता कुमारी यादवलाई बालक प्रियान्सुलाई जिम्मा लगाइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *