ओलीलाई कुर्सी छोडेर आन्दोलन गर्न नेता पौडेलको चुनौती
शुभ नारायण यादव-
सप्तरी, फागुन ९ गते ।
नेपाली कांग्रेसका बरिष्ठ नेता राम रामचन्द्र पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीले कुर्सि छोडेर आन्दोलन गर्न आउँन चुनौती दिएका छन् ।
सप्तरीको राजविराजमा आइतबार पार्टी कार्यालयमा मधेश सम्मान यात्राको दौरानमा नेपाल प्रेस युनियन सप्तरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले संसद् पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीलाई आन्दोलन गर्नु छ भने हामीसँगै आएर आन्दोलन गर्न आग्रह समेत गरेका छन । ‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिएको भन्दैे, ‘मैले गरेको विघटनलाई बदर ग¥यो भने आन्दोलन गर्छुे ।’ भनेका थिए ।
संसद् पुनरस्थापनाको विकल्प नभएको बरिष्ठ नेता पौडेललकोे निष्कर्ष छ । ओलीले कुनै पनि धारा टेकेर संसद विघटन नगरेको बताउँदै सर्वोच्चले संसदलाई पुर्नस्थापना गर्ने बताए ।
Sponsored
पत्रकार सम्मेलनमा नेता पौडेलले आफनो यात्रा सप्तरीको तिलाठी कोईलाडीको बरसाईन ,बनरझुला ,बोदेबसाईन लगायत मधेशको ऐतिहासिक गाउँहरुमा पुगेर पुराना काग्रेसी नेताहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने उदेश्यले मधेश सम्मान यात्रा सप्तरीबाट शुभारम्भ गरेको बताए ।
उनले हुलाकी राजमार्ग भएर मधेशको विभिन्न जिल्लाको यात्रा गर्ने बताए । हुलाकी राजमार्ग नेपाली काग्रेसको सरकारकै पालामा नै शुरुवात भएको नेता पौडेलले जिकिर गरे । नेपाली काँग्रेस ७७ जिल्ला र वडा स्तरसम्ममा विभिन्न चरणको आन्दोलन गरीसकेको उनको भनाइ थियो ।
सो कार्यक्रम नेपाली काग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काग्रेसका केन्द्रिय सदस्य कमला पन्त लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।