TodayPati

प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी उत्रिए आन्दोलनमा, कोरोना परिक्षण बन्द

टुडेपाटी-
जनकपुरधाम, फागुन ८ गते ।

जनकपुरधाम स्थित प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका करारका कर्मचारी आन्दोलनमा उत्रेका छन् । करारमा भर्ना भएर काम गरेको पाँच महिनासम्म तलबभत्ता नदिएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।

तलबभत्ता माग्दा समाजिक विकास मन्त्रालयले बेवास्ता गर्दै आएको भन्दै कर्मचारीहरुले शुक्रबारदेखि कोरोना (पीसीआर) परिक्षण नै बन्द गरेका छन् ।

Sponsored

गएको भदौ महिनामा जनस्वास्थ्य प्रयोगशालाले ३५ जना कर्मचारी भर्ना गरेको थियो । असोज १ गतेदेखि निरन्तर कोरोना कहरको जोखिममा खटेका ती कर्मचारीरुलाई हालसम्म तलबभत्ता दिइएको छैन ।

कोरोना कहरमा २४ घण्टा काम गर्दा समेत हालसम्म तलबभत्ता नदिएकाले बाध्य भएर कोरोना परिक्षण बन्द गरेको करारका कर्मचारी माइक्रो बायोलोजिस्ट अमरेन्द्र मिश्रले टुडेपाटीलाई बताए ।

तलबभत्ता दिन कार्तिक पहिलो साताबाटै पहल गर्दा समेत समाजिक विकास मन्त्रालयले कानुनी प्रकृया नमिलेको भन्दै ढाट्दै आएको उनको गुनासो छ ।

Sponsored

शुक्रबार करारका कर्मचारीहरु तलबभत्ताको माग गर्दै सामाजिक विकास मन्त्रालयमा डेलिगेशन गएका थिए ।

कोरोनाबाट बाँच्न मानिसहरु घरमा हुँदा आफुहरु ज्यान जोखिममा राखेर परिवारको जोहोको लागि कामर्दा तलबभत्ता नदिँदा निकै पीडित बनेको सेक्युरिटी गार्ड सप्तरीका दानालाल मण्डलले गुनासो गरे ।

कोरोना परिक्षण बन्द हुँदा प्रयोगशालामा कोरोना परिक्षणको लागि दैनिक आउने सयदेखि १५० जना मानिस रित्तै फर्किन बाध्य भएका छन् ।

क्यान्सर रोगी, डाइभिटिज र शल्यक्रिया हुने एवं दीर्घ रोगीहरु चिकित्सकको सल्लाहमा कोरोना परिक्षण गराउन आउने गरेको अधिकृत जुगलकिशोर यादवले जानकारी दिए ।
उनका अनुसार कोरोना कहरमा दैनिक ५ सयसम्म मानिसहरु कोरोना परिक्षण गराउन आउने गरेका थिए ।

कोरोना परिक्षण गर्न जनशक्ति अभाव भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशलाले ७ भदौमा करारमा कर्मचारी भर्ना सम्बन्धी सूचना आह्वान गरेको थियो ।

मेडिकल माइक्रोबायोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, ल्याब टेक्निसियन, ल्याव असिस्टेन्ट, कम्प्युटर अपरेटर, रिसेप्सनिष्ट, सवारीचालक, कार्यालय सहयोगी, स्विपर, सेक्युरिटी गार्ड लगायतको पदमा ३५ जना कर्मचारी प्रयोगशालाले भर्ना गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *