TodayPati

धनुषामा अत्यधिक मदिरा सेवनबाट एकै गाउँका ५ जनाको ज्यान गयो

शैलेन्द्र क्रान्ति
जनकपुरधाम, फागुन ३० गते ।

होलि पर्वको अवसरमा अत्यधिक मदिरा सेवनबाट धनुषामा पाँचजनाको जयान गएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा ५ जनाएको ज्यान गएको हो ।

बुधबार होलीको अवसरमा अत्यधिक मदिरा सेवन गरेका ३ जनाको बुधबार र २ जनाको बिहीबार गरि ५ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

उनका अनुसार ज्यान जानेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र राजु महरा छन् ।

Sponsored

मदिरा पिउँदा सिकिस्त बिरामी परेको सोही ठाउँका इन्द्रजित महरासहित दुईको धरानमा उपचार भइरहेको छ। 

मृतकहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *