पत्नी सहित पुर्वमन्त्री शेरबहादुर फेरि ओली समुहमै लागे
टुडेपाटी
काठमाडौँ, फागुन ८ गते ।
पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा लागेका छन् ।
प्रचण्ड नेपाल समुहमा सही व्यवस्थापन हुने नदेखिएपछि फेरि ओली समुहमै फर्किएको उनीहरुले प्रतिक्रिया दिएका छन् ।
नेकपा विभाजित भएपछि सुरुमा दुबैजना ओली समुहकै बैठकमा सहभागी भएका थिए ।
तर केहीदिनमै उनीहरु प्रचण्ड नेपाल समुहमा फर्किएका थिए ।
Sponsored
तामाङ चुनावमा सिन्धुपाल्चोक(२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् ।