TodayPati

प्रदेश २ प्रमुखमा नियुक्त लगतै अहिराजले किन गरे आफ्नो फेसबुक प्रोफाइल निष्कृय ?

टुडेपाटी-

जनकपुरधाम, फागुन ७ गते ।

प्रदेश २ प्रमुखमा नियुक्त लगतै डा.राजेश झा ‘अहिराज’ले आफ्नो फेसबुक प्रोफाइल निष्कृय गरेका छन् । शुक्रबार तिलक परियारलाई अपदस्थ गरेर पत्रकार तथा राजनीतिक विश्लेषक समेत रहेका डा. झालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको सिफारिसमा प्रदेश २ प्रमुखमा नियुक्त गरेकी छन् ।

Sponsored

झाले शुक्रबार साँझ नै राष्ट्रपति कार्यालय शीतल निवासमा पद दथा गोपनियताको सपथ लिएका हुन् । सपथ लगतै नवनियुक्त प्रदेश प्रमुख झाले आफ्नो फेसबुक डिएक्टिभेट गरेका छन् । उनले आफ्नो फेबुक प्रोफाइलमा प्रधानमन्त्री केपी शर्मा ओलीको हरेक कदमलाई समर्थन जनाउँदै र प्रचण्ड–माधव पक्षका हरेक गतिविधिलाई गलत भन्दै आफ्ना तिखा बिचारहरु राख्दै आएका थिए भने संचारमाध्यममा पनि ओलिको पक्षमा तर्कवितर्क गर्ने गरेका थिए ।

केही समयअघि उनले अाफ्नो फेसबुक प्रोफाइलमा एक देश, दुई दल र।तीन प्रदेश हुनुपर्ने स्लोगन राखेका थिए ।

उनको फेबुकमा दिनहुन आधादर्जन पोस्ट बर्तमान सरकारको समर्थन र विपक्षीको विरोधमा आउने गरेको थियो । प्रदेश प्रमुख नियुक्त भएकाले पहिलेका फेसबुक पोस्टको आधारमा आफ्नो आलोचना हुने डरले फेसबुक निष्कृय गरेको हुन सक्ने आम बुझाई बनेको छ ।

Sponsored

झाको फेसबुक प्रोफाइलमा ५ हजार साथी र १६ हजारभन्दा बढी फ्लोअर थिए । उनी फेसबुक पेजमा भने छँदैछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *