TodayPati

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज अन्तिम बहस हुँदै, कहिले आउँछ आदेश ?

टुडेपाटी

काठमाडौं, फागुन ७ गते ।

संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट आज अन्तिम बहस भइरहेको छ। 

Sponsored

अहिले वरिष्ठ अधिवक्ता गीता पाठकले बहस गरिरहेकी छन्। 

पाठककाे बहस सकिएसँगै संवैधानिक इजलासको बहस पनि सकिने छ। 

गत सोमबार पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सकिएसँगै मंगलबारदेखि संवैधानिक इजलासले एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ताको राय लिन थालेको थियो। एमिकस क्युरीका चारजनाले राय दिइसकेका छन्।

Sponsored

संवैधानिक इजलासमा माघ ४ गतेदेखि संसद् विघटनसम्बन्धी मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ। 

एमिकस क्युरीलाई अदालतको सहयोगी मानिन्छ। एमिकस क्युरीको रायपछि अदालतले फैसला दिनका लागि केही समय माग्ने र त्यसपछि फैसला दिने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका छन्। 

प्रधानमन्त्रीको कदमलाई लिएर सर्वत्र आलोचना भइरहेको छ। प्रधानमन्त्रीको सिफारिस आँखा चिम्लेर सदर गरेको भन्दै राष्ट्रपति पनि आलोचित छिन्। 

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *