TodayPati

भारतको सेरम इन्सटिच्युटबाट ४ डलरका दरले २० लाख डोज खोप दुईसाताभित्र आउने, कसले पाउँछन् ?

टुडेपाटी-
काठमाडौं, फागुन ६ गते ।

भारतको सेरम इन्सटिच्युट अफ इडियाबाट २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया पूरा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले ४ डलरका दरले सहुलियतमा खरिद गर्न लागेको उक्त खोप दुई साताभित्र नेपाल आउने बताए ।

Sponsored

मन्त्री त्रिपाठीले भने, ‘प्रतिडोज चार डलर तिरेर २० लाख डोज खरिद गर्ने प्रक्रिया पूरा गरिसकेका छौं । आउने दुई हप्तामा उक्त खोप नेपाल आइपुग्ने अवस्था छ ।’

उक्त खोप फागुन २३ गतेदेखि जोखिम समूहमा रहेका ५५ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई लगाइनेछ । यसअघि अस्पताल र खोप केन्द्रबाट खोप लगाइने गरिएकोमा अब समुदायमा गएर खोप लगाइने मन्त्री त्रिपाठीले बताए ।

त्यसबाहेक कोभ्याक्सले प्रतिवद्धता जनाएअनुसार साढे २२ लाख डोज खोप प्राप्तीका लागि आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेको पनि मन्त्री त्रिपाठीको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *