अस्ट्रेलियामा फेसबुकमा देखिनेे समाचारमाथि प्रतिबन्ध
एजेन्सी-
जनकपुरधाम,फागुन ६ गते ।
फेसबुकमा देखिने समाचारमाथि अस्ट्रेलियामा प्रतिबन्ध लगाइएकाे छ । अब त्यहाँका प्रयाेगकर्ताले फेसबुकमा समाचार पढ्न, पाेस्ट गर्न र शेयर गर्न पाउने छैनन् ।
अस्ट्रेलिया सरकारले समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नुपर्ने कानुनकाे तयारी गरेपछि फेसबुकले यस्तो प्रतिबन्ध लगाएको हो ।
प्रस्तावित कानुन इन्टरनेटको आधारभूत मान्यतासँग मेल नखाने भन्दै गुगलले समेत विराेध गरेकाे छ । फेसबुकको यो निर्णयसँगै त्यहाँ प्रयाेगकर्ता विविध सूचना र जानकारीबाट वञ्चित हुने देखिएकाे छ ।अस्ट्रेलियाभन्दा बाहिर रहेकाहरूले समेत फेसबुकमा त्यहाँका समाचार पढ्न पाउने छैनन् ।
सीएनएनका अनुसार स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार पाेर्टलका फेसबुक पेजहरू ब्लक गरिएका छन् । सरकारी कार्यालयका फेसबुक पेजहरूसमेत निष्क्रिय भएका छन् ।
यसबारे प्रतिक्रिया दिँदै अस्ट्रेलिया सरकारले सामाजिक सञ्जाल जाइन्टको विश्वसनीयतामाथि प्रश्न उठाएकाे छ ।
Sponsored