TodayPati

महोत्तरीमा सरस्वतीको मूर्ति विसर्जन गर्न गएको ट्याक्टरले किच्दा बालकको मृत्यु, चालक पनि बालककै

टुडेपाटी-
महोत्तरी, फागुन ५ गते ।

महोत्तरीमा मूर्ति विसर्जनको लागि गएको ट्याक्टरले किच्दा एक ८ वर्षीय बालकको ज्यान गएको छ ।

बलवा नगरपालिका वडा नम्बर–८ बनौटाका कैलाश यादवका छोरा शिवमकुमार यादवको ट्याक्टरले किचेर मृत्यु भएको हो ।

सरस्वतीको प्रतिमा सेलाउन गएको ट्याक्टर ब्याक गर्न लाग्दा यादवको किचिएर मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए । उनका अनुसार दुर्घटना पश्चात प्रादेशिक अस्पतालमा बालकलाई पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Sponsored

ट्र्याक्टर चालक सोही स्थानका १४ वर्षीय बालक रहेको उनको भनाइ छ ।

बालकको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *