भारतको मध्यप्रदेशमा बस नहरमा खसेर दुर्घटना हुँदा ५४ यात्रुको ज्यान गयो
एजेन्सी-
जनकपुरधाम, फागुन ४ गते ।
भारतको मध्यप्रदेशस्थित सिधीमा मंगलबार बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ।
सिधीस्थित रामपुर नैकिन थाना इलाकामा बिहान ५४ यात्रु बोकेको बस नगरहमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
जसमध्ये ४७ जनाको मृत्यु भएको हो भने ७ जना बाँच्न सफल भएका छन् । बसका चालकले पनि पौडेर ज्यान जोगाएका छन्।
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौ्हानले मृतकका परिवारलाई ५/५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
२२ फिट गहिरो नहरमा बस खसेको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Sponsored