एक हप्ता नपुग्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ
टुडेपाटी-
जनकपुरधाम, फागुन ४ गते ।
नेपाल आयल निगमले एक साता नपुग्दै फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ।
निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल पेट्रोल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
यसअघि निगमले माघ २८ गते पनि मूल्यवृद्धि गरेको थियो।
निगमले अन्तर्राष्ट्रिय बजार भाउमा वृद्धि भएको र इण्डिन आयल कर्पोरेशनले मूल्य वृद्धि गरेर पठाएकाले मूल्य वृद्धि गर्नुपरेको बताएको छ।
निगमका अनुसार पेट्रोल अब प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ भने डिजेल ९७ रुपैयाँ प्रतिलिटर पुगेको हो।
त्यसैगरी हवाइ इन्धन प्रतिलिटर ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ।
Sponsored
निगमका अनुसार नेपाल आयल निगमलाई अझै पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजेलमा ४ रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २ सय ९५ रुपैयाँ घाटा रहेको छ।