TodayPati

सिरहामा बेपत्ता आमाछोराको इन्टरपोल शाखाको समन्वयमा नयाँदिल्लीबाट सकुशल उद्दार

टुडेपाटी-
सिरहा, फागुन ४ गते ।

सिरहा बासिन्दा आमा र दुई छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँदिल्लीबाट सकुशल उद्दार गरिएको छ ।

गत मङ्सिर २७ गतेदेखि सिरहाको सिरहा नगरपालिका-७ स्थित आफ्नै घरबाट वेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय दुई छोराको शनिबार सकुशल उद्दार गरिएको हो ।

Sponsored

उनीहरू घरबाटै वेपत्ता भएको र भारत बिहारको दरभंगा बस्ने दिपक पासवानसँग रहेको अवस्थामा दिपकका आफन्त भारतीय नागरिक बिहार दरभंगा बस्ने ललन कुमारले फोनमा आमा र बच्चा आफ्नो नियन्त्रणमा रहेको तथा ज्यान चाहिएमा ७ लाख नेपाली रुपैयाँ मेरो खातामा हालिदिनु भन्दै धम्की दिएका थिए ।

पीडितका आफन्तको निवेदन र फोटो सहितको विवरण प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त हुनासाथ पीडितको खोजतलास तथा उद्दारका लागि उक्त शाखाबाट भारतीय प्रहरीसँग आवश्यक समन्वय भएको थियो ।

इन्टरपोल शाखाको समन्वय पश्चात् भारतीय प्रहरीले उनीहरूलाई नयाँ दिल्लीबाट उद्दार गरी आफन्तको जिम्मा लगाएको इन्टरपोल शाखाले जानकारी दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *