TodayPati

बिहारमा राति भूकम्प, हल्यो पटनासहितका मुख्य शहर

टुडेपाटी-
पटना, फागुन ४ गते ।

भारतको बिहार प्रान्तमा भूकम्प गएको छ । सोमबार राति बिहारमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राति ९ बजेर २३ मिनेटमा बिहारमा ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

Sponsored

भूकम्पको केन्द्रबिन्दु भने बिहारको नालन्दाबाट २० किलोमिटर टाढा उत्तर पश्चिममा रहेको भारतीय मौसम विभागले जनाएको छ ।

भूकम्पको झड्का लगत्तै बिहारका पटनालगायत सहरका वासिन्दा घरबाहिर निस्किएका थिए ।

पटना लगायत भागलपुर, गया, औरंगाबाद, नालंदा, नवादा, बक्सरमा भूकम्पको झड्का महसुस गरिएको थियो ।

Sponsored

केही दिनअघि मात्र भारतको राजधानी नयाँ दिल्लीलगायत आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो । तर क्षति भएको थिएन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *