वीरगञ्ज : घाइतेको उद्धारमा पर्सा प्रहरीको लापरबाही
टुडेपाटी-
वीरगञ्ज, फागुन ४ गते ।
गत शनिवार राति पर्साको वीरगञ्ज महानगरपालिका १३ का मुर्लीका ३५ वर्षीय युवक मनोजकुमार सिंहले ना ४५ प ७१५० नम्बरको मोटरसाइकल लिएर पावरहाउसबाट घण्टाघर जाँदै थिएँ ।
त्यतिकैमा मोटरसाइकल अनियन्त्रित भएर त्रिमुर्ती चोकमा एउटा गाईमा ठोक्किए र उनी घाइते भए । उक्त दुर्घटनामा प्रहरीले घाइते मनोजलाई उद्धार गर्न भने ढिलासुस्ती गरे ।
घाइते सडकमै छटपटाइरहँदा गस्ती गर्दै आएको मिनि ट्रकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सदानन्दप्रसाद यादवले लापारवाही गरेको प्रत्यक्षदर्शीहरुको दाबी छ । घटनाको २५ मिनेटपछि मात्र घाइतेलाई अस्पताल पुर्याइएको थियो ।
प्रहरीले अस्पताल पुर्याउने ढिलाई गरेको भन्दै स्थानीयले होहल्ला गरी गस्ती टोलीकै गाडीमा अस्पताल लैजान दबाब दिएपछि उक्त गाडीमा घाइतेलाई पछि राखियो तर फेरि जिल्लाको गाडी आएपछि उक्त गाडीबाट जिल्लाको गाडीमा ओहोरदोहोर गरी रमिता देखाएको बताइएको छ ।
घाइतेको अवस्था मध्यम छ । उनलाई नारायणी अस्पतालमा उपचार गरी आइतवार दिउँसो अपोलो ट्रमा सेन्टर विर्तामा रिफर गरिएको छ ।
Sponsored
जिल्ला प्रहरी कार्यालयभन्दा २ किलोमिटर टाढामा एउटा समान्य मोटरसाइकल दुर्घटना हुँदा यसरी ढिला रेस्पोन्स गर्ने पर्सा प्रहरीले सुरक्षा निकायप्रतिको जवाफदेहितामा आँच पुगेको सर्वसधारण बताउँछन् ।