TodayPati

सरस्वतीको मूर्तिलाई अन्तिम रुपदिन व्यस्त महोत्तरीका मुर्तिकार ‘मिथिला बिहारी’

टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।

विद्याकी देवी सरस्वती पूजाको एकदिन मात्रै बाँकी हुँदा मुर्तिकार (कालिगढ) हरुलाई सरस्वतीको मुर्ति रंगरोगन गर्न भ्याइनभ्याई छ । यतिबेला मुर्तिकारहरु सरस्वतीको मुर्तिलाई रंगरोगन गरी अन्तिम रुपदिन व्यस्त छन् ।

परम्परा अनुसार माता सरस्वतीको पूजा गर्न अधिकांश सामुदायिक, निजी विद्यालय तथा शैक्षिक संघसंस्थाले मूर्ति नै स्थापना गरी पूजा अर्चना गर्ने गरेका छन् ।

Sponsored

यस्तै मागको मुर्ति रंग्याएर अन्तिम रुपदिन महोत्तरी जिल्लाको सम्सी गाउँपलिका ४ गढाभेटपुरका मूर्तिकार मिथिला बिहारी पण्डितका परिवार नै लागि परेका छन् ।

डेढमहिनादेखि अर्डर तथा बिक्रीवितरणका लागि बनाएको साना ठूला गरी ३० वटा मुर्ति रंगरोगनमा उनका ५ छोरी र एकछोराले सघाइरहेका छन् ।

एउटा मुर्तिक मिहिनेत, आकमर र लगानी अनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनी बताउँछन् । सिजनमा विभिन्न देवी देउताको मुर्ति बनाएर वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको पण्डितको भनाइ छ ।

Sponsored

कोरोना कहर र शीतलहरको कारण यसपटक कमै मात्र मुर्ति तयार गर्न सकेका छन् ।

परम्परागत पेशामा लागेका ५५ वर्षीय पण्डित १५ वर्षकै उमेरदेखि मुर्ति बनाउँदै आएका छन् । बाँस, पराल, माटो र रंगको संयोजन गरेर मूर्ति बनाउने गरिन्छ ।

यसपटक २० वटा सरस्वती माताको मुर्तिको अर्डर आएको उनले बताए । आकर्षक मुर्ति बनाउने गरेको कारण उनलाई सरस्वती पूजा आउनु दुईमहिना अघिदेखि नै मुर्तिका लागि अर्डर आउने गरेको छ ।

मुर्ति बनाउने कार्यमा श्रीमती, ५ जना छोरी र एक छोरा सबैले सघाउने गरेको पण्डितले बताए । मुर्ति रंग्याउन भने हुलाकी सडकको धुलोले समस्या हुने गरेको उनको गुनासो छ ।

‘हुलाकी सडकको धुलोले रंग लगाउन, मुर्ति सजाउन निकै गाह्रो हुन्छ । सडकमा पानी छर्किदैनु दलिनमा राखिएको मूर्तिमा रङ लागाउँदै’ उनले भने, ‘रंग लगाउने बेला धुलो पर्यो भने मुर्ति बिगार्छ । त्यसैले आगन, दलिनमा राखेर जसोतसो रंगरोगन गर्नुपर्छ ।’

सिजनमा मुर्ति बनाएर नै छोराछोरीको पढाइ लेखाईसहित घरको जोहो गर्ने गरेको पण्डित बताउँछन् । अन्यदिनमा पण्डित कल गाड्ने काम गर्ने गरेका छन् ।

तस्बिर : सौजन्य – सञ्चारकर्मी बाबू प्रेम यदुवंशी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *