TodayPati

प्रदेश २ को एउटा यस्तो विद्यालय, जहाँ शिक्षक छन् तर विद्यार्थी छैनन्

टुडेपाटी-
बारा, फागुन ३ गते ।

बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्व एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् तर विद्यार्थी भने छैनन् ।

सुन्दा अचम्म लाग्छ, यो सत्य हो । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा छ ।

Sponsored

सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी गरी तीन कर्मचारी छन् । विद्यार्थी नभएपछि शिक्षक घाम तापेर दिन बिताउँछन् । विद्यार्थी नहुँदा शिक्षक विद्यालय आउँछन् र हाजिर गरेर घर फर्कन्छन् ।

विद्यालयमा एक जना विद्यार्थी पनि नभएको प्रधानाध्यापक शर्मानन्दप्रसाद साहले बताए । उनले विद्यालयमा विद्यार्थी भएको कुनै रेकर्ड नै नभएको बताए ।

विगत लामो समयदेखि विद्यालय राजनीतिको अखडा बनेको र पठनपाठन प्रभावित हुँदा विद्यार्थी पढ्न जान छाडेको स्थानीयको गुनासो छ ।

Sponsored

विद्यालय सुधारका लागि स्थानीय निकाय, वडा कार्यालय तथा विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराउँदासमेत चासो नराखेकाले यस्तो अवस्था आएको स्थानीयको भनाइ छ ।

समस्याबारे जिज्ञासा राख्दा महागढीमाई नगरपालिका शिक्षा विकास शाखाका प्रमुख रामविश्वासप्रसाद चौरसियाले प्रधानाध्यापक साहको कमजोरीका कारण विद्यालयमा विद्यार्थीको सहभागिता न्यून रहेको बताए ।

विद्यालयलाई चैत महिनासम्ममा विद्यार्थी जुटाउन आदेश दिएको र सो समयमा विद्यार्थी जुटाउन नसके समायोजन प्रक्रियामा लग्ने नगरपालिकाले जनाएको छ ।

विद्यालयमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात लगेकाले त्यहाँबाट केही निर्णय नआएसम्म कुनै कदम चाल्न नसक्ने नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बताए । रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *