TodayPati

आजदेखि स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीलाई कोरोना खोप दिइदै

टुडेपाटी

जनकपुरधाम, फागुन २ गते ।

आजदेखि सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदैछ ।

Sponsored

कोरोना भाइरसविरुद्धको खोप अभियानमा पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिलाई सरकारले आजदेखि खोप उपलब्ध गराउन लागेको हो ।
यो चरणमा फागुन ८ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकि भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले जानकारी दिए ।

त्यसैगरी प्रहरीहरुलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उनको भनाई छ ।

Sponsored

त्यसैगरी, पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले काउन्सिलले लेखेको पत्र अनुसार, नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ ।

दालतका न्यायाधीश र अदालतमा काम गर्ने वकिलहरुलाई पनि परिचय पत्र अनुसार प्रदान गरिने भ्याक्सिन कोअर्डिनेटर प्रजापतीले जनाए ।

आइतबार ५०० जनालाई खोप लगाउने लक्ष्य रहेको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *