भारतमा तिर्थ यात्री सवार दुर्घटनामा १४ जनाको ज्यान गयो, चार बच्चाको अवस्था गम्भीर
एजेन्सी-
जनकपुरधाम, फागुन २ गते ।
भारतको आन्ध्र प्रदेशमा तिर्थयात्री सवार बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् ।
१८ जना सवार सो बस चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।
तर तिब्र गतिमा रहेका बस अनियन्त्रित हुँदै विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान चार बजेतिर भएको हो ।
Sponsored
दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ ।
कर्नुल जिल्ला प्रहरीका अनुसार बसमा १८ जनामध्ये चारजना बच्चा बाँचेका छन् ।
उनीहरुमध्ये दुई जना बच्चाको अवस्था गम्भीर छ ।