TodayPati

जापानमा गयो ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी-
जनकपुरधाम, फागुन १ गते ।

जापानमा शक्तिशाली भूकम्प गएको छ।

स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा जापानको राजधानी टोकियोनजिकै केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको हो।

Sponsored

भूकम्पकाे कम्पन महसुस भएपनि अहिलेसम्म क्षतिको विवरण भने अाएको छैन ।

एएफपी समाचार एजेन्सीका अनुसार अमेरिका र जापानी प्रशासनले सुनामीकाे चेतावनी जारी गरेका छैनन् ।

अमेरिकी एजेन्सी युएसजीएसका अनुसार फुकुशिमा नजिकै प्रशान्त महासागरमा पृथ्वीकाे सतहबाट किलाेमिटर तल यसको केन्द्र रहेको छ।

Sponsored

सन् २०११ मा फुकुशिमामा आएकाे भयङ्कर भूकम्पका कारण सुनामी आएको थियाे। यस घटनामा १८ हजार भन्दा धेरै मानिस मारिएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *