TodayPati

प्रदेश २ सरकारले फागुन महिना भित्रै प्रदेश बस सेवा सञ्चालन गर्ने

टुडेपाटी-
जनकपुरधाम,फागुन १ गते ।

प्रदेश २ सरकारले फागुन महिना भित्रै जनकपुरबाट प्रदेश बस सेवा सञ्चालन गर्ने भएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि अाठवटै जिल्ला सदरमुकामसम्म चलाउन झण्ठै चार महिनादेखि ५ वटा बस ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा खरिद गरेर ढल्केवरको एक वर्शसपमा थन्क्याएर राखिएको छ ।

Sponsored

महिनौदेखि बस सञ्चालन नहुँदा चौतर्फी आलोचना हुन थालेपछि शनिबार भौतिक पूर्वाधार विकास मन्त्रालयले पत्रकार सम्मेलन गरि फागुन महिना भित्रै बस ( प्रदेश परिवाहन ) सेवा सञ्चालन गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बसको भुक्तानी गत पुस महिना मै भइसकेकोले कार्यविधि निर्माणको कार्य सम्पन्न भएलगत्तै बस सेवा सञ्चालनमा आउने बताए ।

उनले भने,‘कार्यविधि निर्माण कार्य अन्तिम चरणमा छ, बस चाँडै सञ्चालनमा आउँछ । बस सेवा सञ्चालनका लागि एउटा संचालक समितिको गठन गरिनेछ । जसले बस सेवा संचालनको सम्पूर्ण जिम्मा उठाउने छ ।’ संचालक समितिले नै बसको चालक, सहचालक तथा कन्डेक्टरको भर्ती गर्ने मन्त्री सोनलले जानकारी दिए ।

Sponsored

यो प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने मन्त्री सोनलले दावी गरे ।

प्रदेश परिवहन सेवा सञ्चालन भएपछि यसले प्रदेशको ८ वटै जिल्लाका सदरमुकामलाई जोड्नेगरी सेवा प्रदान गर्ने छ । जनकपुरधामदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म परिवहन सेवा सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ ।

५० सीट क्षमता भएको सो बसमा सीसीटीभी क्यामेरा, स्वचलित ढोका र वाइफाइको सुविधा समेत रहेको बताइएको छ ।

जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको कार्तिक २८ गते ५ वटा बस खरिद गरेको थियो ।
 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *