TodayPati

धनुषामा क्षिरेश्वर डिष्टिलरीका संचालक रेग्मीलाई आफ्नै सालोले हत्या गरेको खुलासा

टुडेपाटी

जनकपुरधाम, माघ ३० गते ।

धनुषामाको क्षिरेश्वरनाथ नगरपालिका – ७ स्थित सञ्चालित क्षिरेश्वर डिष्टिलरीका संचालक ५४ वर्षीय प्रमोद रेग्मीको हत्या उनकै अाफ्नो सालोले गरेको खुलेको छ ।

Sponsored

उदयपुर त्रियुगा नगरपालिका – ७ घर भएक रेग्मीको हत्या उनका अाफ्नै सालो धनुषा क्षिरेश्वरनाथ नगरपालिका – ७ दुर्गा टोल वस्ने वर्ष ३५ का निरज खातीले गरेको अनुसन्धानबाट खुलेको हो ।

डिष्टटलरीमा शेयरको कारण रिसबी राखी खातीले भिनाजु रेग्मीलाई अत्यधिक मदिरा खुवाई बाँसको लठ्ठीले टाउकोमा प्रहार गरि हत्या गरेको अनुसन्धानबाट बुझिएको
धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

निरजलाई जल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

Sponsored

गएको माघ १३ गते राति डिष्टिलरीमै संचालक रेग्मीको आफु सुत्ने कोठामा हत्या भएको थियो । भोलिपल्ट अाफ्नै अोछ्यानमा उनको शव रक्ताम्य अवस्थामा फेला परेको थियो ।

पक्राउ परेका मृतक रेग्मीका सालो खातीलाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको डीएसपी मिश्रले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *