TodayPati

अब कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा मात्रै हुने, घट्यो परीक्षण शुल्क

टुडेपाटी-
काठमाडौं, माघ २९ गते ।

अब कोरोना भाइरस संक्रमितको उपचार सरकारले सरकारी अस्पतालमा मात्रै हुने बताएका छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयले सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजहरुमा भर्ना भई उपचार गरेकाहरुको हकमा बिहीबारको मितिले १० दिनसम्मको मात्रै सोधभर्ना गर्ने स्पष्ट पारेको छ ।

Sponsored

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा आज बसेको आइसिएस कमाण्ड बैठकले कोभिड–१९को उपचारका लागि सूचिकृत निजी अस्पताल तथा मेडिकल कलेजबाट गर्ने प्रक्रिया समेत स्थगित गरी सरकारीमा मात्रै गर्ने निर्णय गरेको हो ।

यस्तै सरकारले पीसीआर विधिबाट गरिने कोभिड–१९ परीक्षण शूल्क घटाएको छ ।

सरकारी प्रयोगशालाहरुमा कोभिड–१९ परीक्षणको शुल्क घटाएर एक हजार रुपैयाँ निर्धारण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको सम्बन्धमा बिहीबार बसेको आइसीएसको बैठकले निर्णय गरेको हो ।

Sponsored

यसअघि कोरोना परीक्षणको शुल्क दुई हजार तोकिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *