राष्ट्रपति विरुद्ध बोलेको भन्दै झाँक्रीलाई पक्राउ गर्न ठूलो संखयामा प्रहरी परिचालन, झडपको स्थिती
टुडेपाटी-
काठमाडौँ, माघ २९ गते ।
नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न ठूलो संख्यामा उनको घरमा प्रहरी पुगेको छ ।
पक्राउ गर्न लागेको विरोधमा ठूलो संखयामा झाँक्री समर्थक नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । त्यहाँ झडपको स्थिती समेत सिर्जना भएको छ ।
तर नेतृ झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।
राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएका थिए ।
Sponsored
झाँक्रीले पनि त्यो स्वीकार गरिन् ।
‘राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमा पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।’